‘द कार्टुन्ज क्रु’लाई लिएर नेपालको पहिलो वेब सिरिज बन्दै - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

‘द कार्टुन्ज क्रु’लाई लिएर नेपालको पहिलो वेब सिरिज बन्दै



हिमाल पोस्ट /काठमाडौं जेष्ठ १० 

तपाईँले युटुब कत्तिको चलाउनु हुन्छ ? युटुबमा कभर गितहरु खुब  मन पर्छन होला हैन ! नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो हेर्नु भएको छ भने, यस्तो भिडियो निर्माणमा एउटा ग्रुप निकै चर्चित छ । त्यो हो ‘द कार्टुन्ज क्रु’ ।

युटुबमा हिट बनेको यो समूहलाई अब म्युजिक भिडियो निर्देशक नितिन चन्दले वेभ सिरिजमार्फत नेपालकै पहिलो वेब सिरिज दर्शकमाझ ल्याउने भएका छन् ।

काठमाण्डौमा मंगलबार  आयोजना गरिएको कार्यक्रममा ‘हाम्रो हाइस्कुल’ नामक वेभ सिरिजको ट्रेलर सार्वजनिक गरिएको थियो  । सो समारोहमा सिरिजका सम्पूर्ण कलाकारको उपस्थिति थियो । उनीहरूले, नयाँ तरिकाले दर्शकमाझ आउन पाउँदा खुसी लागेको बताए ।निकै आशा गरिएकी मोडेल स्नेहा पौडेलको पनि उक्त सिरिजमा भूमिका रहेको छ ।

यस्तै, सो कार्यक्रममा ‘योर स्टाइल आइकन’ पनि घोषणा गरियो । ‘योर स्टाइकल आइकन’बाट नायक पल शाह, नायिकाहरु आँचल शर्मा, वर्षा राउत, मरिष्का पोखरेल, स्वस्तिमा खड्कालाई सम्मानित गरियो । यस्तै, मोडल एलिसा राई, आमिर शेख, अमृत ढुंगाना, कलाकार प्रज्वल सुजल गिरी पनि ‘योर स्टाइल आइकन’बाट सम्मानित भएका थिए । हाल ‘योर स्टाइल’ले निर्माण गरिरहेको सिरियल ‘रङ टाइम’की कलाकार आश्मा गिरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

https://youtu.be/sPdu44rmFxY