गिनिज वर्ल्ड रेकर्डको तयारीमा तिम्ल्याहा(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गिनिज वर्ल्ड रेकर्डको तयारीमा तिम्ल्याहा(भिडियो सहित)



न खुसि हुन सक्यौ तिमि

न तिमि सुखी भयौ

नसुन्दा मेरा अनुरोधलाइ

आज आँशु भएर बहेउ

तिमि आँशु भएरै बहेउ !!

माथि उल्लेखित गीतका हरफहरु हुन् बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको शिब प्रसाद देबकोटा को आधुनिक एल्बम ” हौसला ” भित्रको एक गित , शब्द संगीत र स्वर शिब प्रसाद देबकोटाको रहेको यस गीतको म्युजिक भिडियो अभिनय पनि शिब प्रसाद देबकोटाकै तिन जुम्लिया छोरा सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले गरेका छन् ।

चितवन जिल्ला स्थाई घर र हाल काठमाडौंमा बसोबास गर्दै आएका सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले मोडल सम्पदा बानियाँसँग पहिलो म्युजिक भिडियो ” बोहनी बिगार्यौ तिमीले ” बोलको गीतमा गरेका थिए । काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो । गायक रचनाकार तथा संगीतकार शिब प्रसाद देबकोटाको अर्धांगिनी सकुन्तला देवकोटाको अनुसार जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबिबिएस पूरा गरेका उनीहरुको सर्जन बन्ने लक्ष्य रहेकोछ ।

तिम्ल्याहा सन्तान डाक्टर सौगात, सौजन र सौरज देवकोटाका धेरै रुचीहरु पनि मिल्छन् । उनीहरुले कुनैबेला केटी समेत एउटै मन पर्ने बताउँछन् , जिबनको वास्तविकता बुझिसके पछि अहिले भने उनीहरुले फरक केटी रोज्ने गरेको बताएका छन् ।वुवाआमाको रोजाइमा पहिरन लगाउने उमेरसम्म एउटै खालको पहिरन लगाउँदा , पछि उनीहरुलाई एक अर्कामा फरक देखिने चाहना हुन्थ्यो तर एउटै कलरको उस्तै पहिरन सबैलाई मन परेर हैरान हुन्थ्यो । तिम्ल्याहा मध्य कान्छा सौरजले सामूहिक पहिचानबाट आफ्नै छुट्टै पहिचान बनाउने भनेर फरक लुगा लगाउने सोच गर्दथे तर एउटै कलर र उस्तै डिजाइन मन पर्दा अप्ठ्यारो पथ्र्यो । अचेल उनीहरु फरक रंगको पहिरन लगाएर मात्रै सँगै हिड्छन् , उनीहरुको रुचि खेलकुद गायन र मोडलिङमा समेत रहेको छ । तीन जनाकै आवाज उस्तै उस्तै छ तर गीत गाउँदा एकअर्काको आवाज सुनेर समेत आनन्द लिन्छन् सौरभले भन्छन , साथीहरु अनुहार नदेखेसम्म कस्ले गीत गुनगुनाउँदैछ भन्नेसम्म पत्तो पाउदैन थिए ।

एउटालाई मन परेको गीत समेत तीनजनालाई मन पर्ने माइला सौजनले बताए । उनीहरुका बुबा शिब प्रसाद देबकोटा , आफ्नो सम्पूर्ण खुसिका ८०% सौगात , सौजन र सौरजका लागि समर्पित गर्न चाहन्छन र बाँकि २०% खुसिमा आफ्ना जीवनका रंगहरुलाई अगाडी बढाऊन चाहन्छन , बाँकि छोराहरु सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटालाइ समर्पित गरेका छन् ।तिम्ल्याहा त्यो पनि डाक्टर बनेर वल्र्ड रेकर्डमा नाम लेखिने सम्भावना भए पनि म्युजिक भिडियोमा अभिनय समेतको सुरुवात पनि गरिसकेका छन् ।

उनीहरुका बुवा शिवप्रसाद देवकोटाले लेखेको, संगीत गरेको र स्वर भरेको म्युजिक भिडियोमा उनीहरुले तिनैजनाले अभिनय गरेका छन् । यस भिडियोलाइ गत सनिबार राजधानीमा एक भब्य समारोह बीच सार्बजनिक गरिएको छ । प्रस्तुत भिडियोमा कोरियोग्राफर कपिल लामा रहेका छन् भने निर्देशन $ रेग्मीले गरेका छन् र छायांकन राजेश घिमिरेले गरेका छन् र सम्पादन बिष्णु शर्माको रहेको छ ।

बिन्ध्यबासिनी म्युजिक प्रालि परिवार उनीहरु तिम्ल्याहा दाजु भाई र यी सन्तानलाइ जन्म दिने बाबा शिब प्रसाद देबकोटा र आमा सकुन्तला देवकोटाको जिबन उज्जल्ताको कामना गर्दछ ।