यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो



हरिप्रसाद भुसाल / कार्तिक २ अर्घाखाँची

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८ः४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ ।