चुनावको ९६ दिन अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले हार स्वीकारे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनावको ९६ दिन अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले हार स्वीकारे



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने चुनावलाई रोक्नुपर्ने सुझाव दिएका छन् । उनले यसपटकको चुनावमा मेल–इन–ब्यालेट (चिट्ठीमार्फत् भोटिङ) मार्फत मतदान गर्ने निश्चित भएको बताएका छन् ।

उनले यसपटकको चुनाव इतिहासको सबैभन्दा गलत र धोकापूर्ण चुनाव हुने बताउँदै यो अमेरिकाको लागि लज्जाको विषय बताएका छन् । ट्रम्पले यो कुरा राष्ट्रपति चुनाव हुनु ९६ दिन अघि भनेका छन् । अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव नोभेम्बर ३ तारिखमा हुँदैछ ।

ट्रम्पका लागि चुनाव रोक्नु सहज छैनः

अमेरिकाको संविधान अनुसार राष्ट्रपति चुनावको मिति परिवर्तन गर्ने अधिकार राष्ट्रपतिसँग छैन । यसका लागि ट्रम्पले संसदको दुबै सदन हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटबाट बिल पास गर्नुपर्ने हुन्छ । सिनेटमा त ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ तर तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ ।

यदि ट्रम्पले सदनबाट बिल पास गरिहाले पनि उनले चुनावलाई धेरै समयका लागि रोक्न सक्दैनन् । अमेरिकाको संविधाको २० संसोधन अनुसार राष्ट्रपति चुनाव २० जनवरीसम्म कुनै पनि परिस्थितीमा गरिसक्नुपर्नेछ ।

पहिले पनि गरिसकेका छन् मेल–इन ब्यालेटको विरोधः

ट्रम्पले यसअघि पनि मेल–इन ब्यालेटलाई धोकाको रुपमा हेरिसकेका छन् । उनले डेमोक्रेट्सले २०२० चुनावमा धोका दिन चाहेको बताएका थिए । २२ जूनमा उनले एउटा ट्वीट गरेका थिए । यसमा उनले अन्य देशबाट लाखौं मेल–इन ब्यालेट पठाइनेछ ।