ट्रम्पलाई चुनाव जिताउने सहयोगीहरू पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ट्रम्पलाई चुनाव जिताउने सहयोगीहरू पक्राउ



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगीलाई पक्राउ गरिएको छ ।

निर्वाचन अभियान र चन्दा संकलनसम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको आरोपमा व्यापारीहरु लेभ पर्नास र इगोर फ्रुमनलाई पक्राउ गरिएको हो ।

दुवैजना राष्ट्रपति ट्रम्पका आर्थिक सहयोगी रहेका बताइएको छ ।

अष्ट्रियाको राजधानी भियना उड्नै लाग्दा उनीहरुलाई भर्जिनियाको डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको न्यूयोर्कका सरकारी अभियोजनकर्ताले जनाएका छन् ।

पर्नास युक्रेनमा जन्मिएका हुन् भने फ्रुमन बेलारुसमा जन्मिएका हुन् ।

उनीहरुले आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका लागि गैरकानुनीरुपमा विदेशी पैसा भित्र्याएको आरोप लगाइएको छ । दुवै व्यापारी ट्रम्पका वकिल रुडी गिलियानीको नियमित सम्पर्कमा थिए ।