ट्रम्पलाई आफ्नो मुख बन्द गर्न प्रहरी प्रमुखले दिए चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ट्रम्पलाई आफ्नो मुख बन्द गर्न प्रहरी प्रमुखले दिए चेतावनी



एजेन्सी – अमेरिकाको हाउसटन प्रहरी प्रमुख आर्ट एसेभेडोले राष्ट्रपति ट्रम्पलाई रचनात्मक हुन नसके आफ्नो मुख बन्द गर्न आग्रह गरेका छन् ।

उनले सीएनएनसँग कुरा गर्दै भने, “यदि राष्ट्रपति ट्रम्प रचनात्मक भएर केही भन्‍न सक्नु हुन्‍न भने मुख बन्द गर्नुस् । उहाँका अभिव्यक्तिले २० वर्षमुनिमा अधिकांशलाई जोखिममा पारेको छ । अहिले कसैलाई बल प्रयोग गरेर आफ्नो प्रभुत्व जमाउने समय होइन । अहिले भनेको कसैको हृदय जित्‍नुपर्ने बेला हो ।”

उनले कसैको कमजोरीमा दया देखाएर मानिसहरुलाई अलमल्याउन नहुने बताएका छन् । उनले थपे, “हामीलाई अन्य समयभन्दा अहिले नेतृत्वको निकै ठूलो आवश्यकता छ । त्यसकारण नेतृत्वले जिम्मेवार भएर प्रस्तुत हुनुपर्‍यो ।”

कसैले कसैलाई मतदान गर्ने-नगर्ने मानिसको स्वतन्त्रताको कुरा भएको उल्ल्ख गर्दै भने, “अहिले ट्रम्प यो मुलुकको राष्ट्रपति भएकोले जिम्मेवार हुनैपर्छ । यो हलिउड होइन । यो त वास्तविक जीवन हो ।”

उनले शान्तिपूर्ण र्‍याली निकाल्‍न पाउने भएकाले शान्तिपूर्ण रुपमा गलत प्रहरी र उनीहरुका व्यवहारविरुद्ध आवाज उठाउन र प्रहरीमाथि इँटा, बोतलहरु प्रहार नगर्नसमेत प्रदर्शनकारीहरुलाई अपिल गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि गर्भनरहरुसँग गरिएको भिडियो कन्फरेन्समा प्रदर्शनकारीहरुलाई बल प्रयोग गरेर प्रदर्शन अन्त्य गर्न नसकेकोमा कमजोर भएको बताएका थिए ।

अमेरिकामा गत साता एक अश्वेत नागरिकलाई प्रहरीले घुँडाले घाँटीमा थिचेर पक्राउ गरेको र उनको प्रहरी हिरासतमै मृत्यु भएपछि देशव्यापी प्रदर्शनहरु भइरहेका छन् । उक्त प्रदर्शनलाई रोक्‍न राष्ट्रपति ट्रम्पले सेनासमेत परिचालन गरेका छन् ।

अमेरिकाका अधिकांश सहरमा कर्फ्यु जारी गरिए पनि आगजनी, प्रदर्शन र लुटपाटका घटनाहरु बढिरहेका छन् ।