उज्ज्वल भविष्य निर्माणको लागि वाम गठबन्धनलाई भोट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उज्ज्वल भविष्य निर्माणको लागि वाम गठबन्धनलाई भोट



शोभाखर पन्थी /अर्घाखाँची, मङ्सिर ७,

वाम गठबन्धनका नेताहरूले मुलुकको उज्ज्वल भविष्य निर्माणको लागि वामगठबन्धनका उम्मेदवरालाई विजयी गराउनु पर्ने बताएका छन् । वामगठबन्धन द्वारा बिहीबार सन्धिखर्कको वाङ्गलामा विभिन्न ठाउँमा आयोजित चुनावी सभामा मन्तव्य राख्दै उनीहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्य र मुलुकको समृद्धिको लागि वामगठबन्धनको विकल्प नभएको बताए । नेपाली जनताले काँग्रेसलाई पटक–पटक जिताएर पठाएपनि काँग्रेसले जनताको पक्षमा काम गर्नुको सट्टा राष्ट्रघाती र जनघाती काम गरेको भन्दै वक्ताहरुले आफ्नो अमूल्य मतलाई राष्ट्रघाती र जनघातीको लाईसेन्स बनाउन नदिनको लागि मतदाताहरुलाई आग्रह गरे ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले सिङ्गो मुलुक कम्युनिष्टमय भएको बताउनु भायो । राष्ट्रियताको रक्षा, दिगो शान्ति, अग्रगमन र विकासको लागि मुलुकका ठुला दुई कम्युनिस्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र आपसमा मिलेको भन्दै उहाँले आफूहरू बिचको एकतालाई संसारको कुनै पनि ताकतले टुटाउन नसक्ने दाबी गर्नु भयो ।

अर्का वक्ता नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संयुक्त वाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नं. १ का साझा उम्मेदवार चेतनारायण आचार्यले जनताको सेवामा आफूहरू सदैव समर्पित रहने बताउँद,ै सक्कली दल र नेताको पहिचान गरी मतदान गर्न जनतालाई आग्रह गर्नु भयो । जिल्लाको विकास निर्माणमा वामपन्थीहरुले महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै आचार्यले भन्नुभयो “तपाईहरु मत दिनुहोस् हामी तपाईहरुलाई समृद्धि दिन्छौं ।”

काँग्रेस नेतृत्वले ५ नम्बर प्रदेश टुक्रएर अर्घाखाँचीलाई तराईबाट अलग गर्न खोजेको भन्दै उहाँले आफूहरूले सञ्चालन गरेको आन्दोलनको ताकतबाट ५ नम्बर प्रदेशलाई अखण्ड राख्न सफल भएको दाबी गर्नु भयो । आचार्यले स्वरोजगारका अवसरहरू सृर्जना गरी युवाहरूलाई जिल्ला भित्रै रोजगारीको ग्यारेन्टी गर्ने भन्द,ै दैनिक जीविकोपार्जनका निम्ति खाडी मुलुकमा गई ४५ डिग्रीको तापक्रममा काम गर्नु पर्ने युवाहरूको बाध्यतालाई हटाउन आफू लागि पर्ने बताउनु भयो ।

उहाँले जिल्लाका सबै वार्डमा पिच बाटो पु¥याउने, घर–घरमा स्वच्छ पिउने पानीको धारो पु¥याउने, प्रत्येक नगर तथा गाउँपालिकामा प्राविधिक शिक्षालय, आधुनिकि अस्पताल र वहुमुखि क्याम्पस स्थापना गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, गाई, भैसी, वाख्रा, कुखुरा, माछापालन व्यवसाय फलफूलखेती र जडीवुटी खेतीमा पूर्ण अनुदान सहित युवाहरूलाई आकर्षण गर्ने बताउनु भयो ।

क्यान्सर, मृगौला, मुटु, कलेजो, मधुमेह लगायतका निक्कै खतरनाक रोगहरू लागेर पानी बाँच्न सफल हुनु भएका उहाँले जनताको सेवाको लागि आफूले आफ्नो बाँकी जीवन समर्पित गरेको बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य युवराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य केवी भुसाल, एमाले जिल्ला सचिवालय सदस्य ईश्वरा पोख्रेल, मोतिजङ्ग रायमाझी लगायतका वक्ताहरुले मन्तव्य राख्दै राष्ट्रघात र जनघातको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको रक्षा र समुन्नत राष्ट्रको निर्माणको लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नु भयो ।