सेनालाई सी जिनपिङको कडा निर्देशन- युद्धको लागि पुरै तयारी गर्नु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सेनालाई सी जिनपिङको कडा निर्देशन- युद्धको लागि पुरै तयारी गर्नु



एजेन्सी/ बेइजिङ
चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न   तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन् । 

६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन् ।

पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने  पार्टीका संस्थापक माओत्सेतुङपछि  सी एक मात्र नेता हुन् जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा छन् ।  जबकि उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए ।

मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षण गरे ।  कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।