एमाले सचिव योगेश भट्टराईले घटाए मतान्तर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले सचिव योगेश भट्टराईले घटाए मतान्तर



काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ ताप्लेजुङको मतगणना जारी छ । अहिलेसम्म ३० हजार ७०५ मतगणना गरिएको छ । यहाँ नेकपा (एमाले)का सचिव योगेश भट्टराई पछाडि परेका छन् ।

सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता खेलप्रसाद बुडाक्षेत्रीको अग्रता कायम छ । उनले १४ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले १३ हजार ५३३ मत पाएको आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर ८१३ छ ।

प्रतिनिधिसभातर्फ ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र छ । मतगणना जारी छ ।