युवा नेता चन्दको पहलमा क्वारेन्टाइनमा खाजा ब्यवस्थापन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

युवा नेता चन्दको पहलमा क्वारेन्टाइनमा खाजा ब्यवस्थापन



कैलाली । कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले पनि क्वारेन्टाइन निर्माण गरि आश्रय दिइरहेको छ । नगरले क्वारेन्टाइन बनाएपनी व्यवस्थापनका लागि स्थानीय युवाहरुले साथ दिइरहेका छन् ।

यसैक्रममा राष्ट्रिय युवासंघ नेपाल कैलालीका युवा नेता तथा नेकपा घोडाघोडिका नगर कमिटी सदस्य शिवराज चन्दको पहलमा कैलालीको घोडाघोडी नगरपालिका–१०मा रहेका चारवटा क्वारेन्टिनमा रहेकाहरुका लागी एकहप्ताका लागी पुग्ने खाजा ब्यवस्थापन गरिएको छ । चन्दले आइतबार खाजा सामग्री घोडाघोडी नगरपालिका -१० का अध्यक्ष भिम बहादुर बमलाइ हस्तान्तरण गरेका थिए ।

युवा नेता चन्दको आग्रहमा व्यवसायी,युवा,समाजसेवीहरुले क्वारेन्टिनमा बसेकाहरुका लागी एकहप्ताका लागी पुग्ने अण्डा,चना,चिउरा,चाउचाउ लगायतका खाजा सामग्रि हस्तान्तरण गरिएको चन्दले जानकारी दिए ।

खाजा सामग्रि हस्तान्तरण पछि बोल्दै चन्दले आफुले गरेको आग्रहलाई स्वीकार गर्दै क्वारेन्टिनमा बसेकाहरुका लागी खाजा उपलव्ध गराउने सवैलाई धन्यवाद दिए । यो बिपतको समयमा सवैले सकेको सहयोग गर्नुपर्ने भन्दै सोडारीले सवैलाई सकेको सहयोग गर्न समेत आग्रह गरे ।