वडाध्यक्ष सहित १२ जना जुवाको खालबाट पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वडाध्यक्ष सहित १२ जना जुवाको खालबाट पक्राउ



इनरुवा:

सुनसरीको काशी गाउँपालिका-८ का वडाध्यक्षसहित  नै जुवाको खालमा भेटिएका छन् । उनि सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेल गरी उनीहरुलाई सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका-८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन्। त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन।

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो।