ओलीसँग असन्तुष्ट रावल एमालेको बैठकमा किन गएनन् ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीसँग असन्तुष्ट रावल एमालेको बैठकमा किन गएनन् ?



काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् ।

आइतबार विहान ललितपुरको च्यासलमा सुरु भएको केन्द्रीय कमिटीबैठकमा ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् ।

शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए ।

मध्यमार्गी नेताका रूपमा चिनिएका भीम रावल निकै पहिलादेखि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।

ओलीले गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न नमानेपछि रावल असन्तुष्ट बनेका हुन् ।

नवौं महाधिवेशनदेखि तत्कालीन नेता माधवकुमार नेपाललाई साथ दिएका रावलले पार्टी विभाजन हुँदा ओली नै रोजेका थिए ।

आजको बैठकमा रावल अनुपस्थित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

रावललगायतका १० मध्यमार्गी नेताहरूले एमालेमा विद्रोह गर्ने सम्भावनालाई रावलको अनुपस्थितिले बल पुर्याएको छ ।