ऋषि कपुरको स्वास्थ्य गम्भीर: अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ऋषि कपुरको स्वास्थ्य गम्भीर: अस्पताल भर्ना गरियो



एजेन्सी- बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएको बताइएको छ ।

क्यान्सरबाट पिडित उनको स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ ।

६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो । यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।

रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

सोसल मिडियामा अत्यधिक सक्रिय रहने ऋषि कपुरले दुई अप्रिलपछि ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो पोस्टमा उनले दीपिका पादुकोणसँग आउन लागेको फिल्मबारे जानकारी दिएका थिए ।

उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिँदैछ ।