सयौँ वर्ष पुराना मानव कङ्काल फेला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सयौँ वर्ष पुराना मानव कङ्काल फेला



जुम्ला,  फागुन १८ गते ।

चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् ।घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेको डाँगीले बताउनुभयो ।

“कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्”, उहाँले भन्नुभयो । भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उहाँको भनाइ छ । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो । रासस