वालिङमा अब डिजिटल सुशासन प्रणाली: स्मार्टपालिकाले बनायो सिस्टम - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वालिङमा अब डिजिटल सुशासन प्रणाली: स्मार्टपालिकाले बनायो सिस्टम



वालिङ- सूचना, सञ्चार, प्रविधिको प्रयोग गर्दै जनताका सेवा सुविधालाई विद्युतीय प्रणाली अन्तर्गत कार्य सम्पादन गर्ने हेतुले वालिङ नगरपालिकाले डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको छ।

स्मार्टपालिका प्रालि तथा वालिङ नगरपालिकाको संयुक्त प्रयासमा सुरु भएको सो सुशासन प्रणाली यहि असोज ११ मा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । नगरपालिकाको भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षत्रीको उपस्थिती थियो ।

नेपालकै अग्रणी नगरपालिकाको रूपमा रहिआएको वालिङ नगरपालिकाले जनताका सेवाहरू डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै जनताले घर बसी मोबाइलको प्रयोग गर्दै नगर र वडाबाट लिने कयौँ सेवाहरू सहज रूपमा लिन सक्ने प्रणालीको विकास गरिएको छ, कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीको शुभकामना मन्तव्य ब्यक्त गर्दै भनिन ।

कार्यक्रममा स्याङ्जा जिल्ला भित्रका विभिन्न स्थानीय तहका प्रमुख तथा विभिन्न राजनैतिक दलका नेताहरूको उपस्थिति थियो।

नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा स्मार्टपालिकाले विद्युतीय सुशासन प्रणाली हस्तान्तरण एवम् शुभारम्भ भएको थियो।

नगरप्रमुख दिलीप प्रताप खाँडका अनुसार वालिङ नगरपालिकाले विगत २ वर्षभन्दा लामो सङ्घर्ष र निरन्तरताले पहिलो पटक जनमैत्री र प्रविधिमैत्री सुशासन प्रणालीको विकास गर्दै जनताको गुनासो, जनताको सेवा डिजिटल रूपमा सुरु गर्न सकिएकोमा नगर सम्पूर्ण जनता र स्मार्टपालिका प्रालिलाई धन्यवाद ब्यक्त गरेका थिए ।

देशका १०० भन्दा बढी स्थानीय निकायलाई प्रविधिमय बनाउँदै प्रविधिमैत्री जनता र पालिकालाई डिजिटल रूपान्तरणमा अग्रसर गराउने अभियानमा स्मार्टपालिका रहेको स्मार्टपालिकाका रिलेसनसिप म्यानेजर राजानन्द माण्डव्यले बताएका छन्। स्मार्ट पालिकामा हाल ७४ प्रकारका मोड्युलहरु रहेका छन्। जसमा जनताका आधारभूत सेवा सुविधा अन्तरगत पंजिकरण घटना दर्ता, सिफारिस, ई- नक्सा, स्मार्ट पेमेन्ट सहितका सुविधा मोबाइलबाटै गर्न सकिने छ।

स्मार्टपालिकाका प्रमुख मनोज भट्टराईका अनुसार डिजिट हस्ताक्षरका लागि रेडिएन्ट टेक्नोलोजी, स्मार्ट पेमेन्टका लागि खल्ती, कनेक्ट आईपिएस लगायत अन्य विभिन्न आइटी कम्पनीहरूको सहकार्य गराउँदै वालिङ नगरपालिकालाई प्रविधिमा फड्को मार्न सहजीकरण गराउनेमा कम्पनी तत्पर रहनेमा विश्वस्त रहेको छ। पिन्क सिटीको रूपमा परिचित वालिङ नगरपालिकामा काम गर्न पाउँदा अत्यन्त खुसी लागेको अभियान निर्देशक विवश महतले बताए ।

कम्पनी ब्राण्ड एम्बेस्डर अभिनेत्री सुरक्षा पन्तको समेत सहभागिता रहेको सो कार्यक्रममा युवालाई देशमै केहि गर्ने अवसर दिँदै देशलाई प्रविधिमा विकास गर्दै सम्पूर्ण स्थानीय निकायलाई डिजिटल रूपान्तरण गराउँदै निकट भविष्यमा स्मार्टपालिका सबै निकायको मात्र नभै सम्पूर्ण जनतालाई प्रविधिमय बनाउने अभियानमा सफल हुने बताइन ।

सो हस्तान्तरण, सूचना प्रविधि अधिकृत प्रकाश अर्यालको कार्य प्रतिवेदन तथा विभिन्न राजनैतिक दलहरूको कार्य सफलताको शुभकामना सहित कार्यक्रम सम्पन्न भएको थियो। पहिलो डिजिटल सिफारिस लिने नगरका नागरिक सन्देश पङ्गेनीले अविवाहित सिफारिस लिएर सेवाको शुभारम्भ गरेका थिए।